अग्नि ज्वालामा बिलाउने, चिता न हो जीवन
सपना संगै लेखिएको, कविता न हो जीवन
फूल फुल्दा कति राम्रो, ओइलिएपछि झरीहाल्छ
सागर जस्तो अटल हुन्न, सरिता न हो जीवन
हासो,रोदन सुख, दु:ख, अनि यस्तै विचित्रता
रंगमंचको नाटक जस्तै, रमिता न हो जीवन
कोहि छैन अमर यहाँ, कालले एक दिन लिइ जान्छ
रामायणमा रावणले हरेकि, सीता न हो जीवन